प्रथम मानाभरा गोल्डकप पुस १५ देखि

मदन गौतम
पुस ७, २०८२

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङखेजेनिम  आहालेटार खेलमैदानमा प्रथम मानाभरा गोल्डकप हुने भएको छ। आगामी पुष १५ देखि मानाभरा स्पोर्टिङ युथ क्लब  खेजेनिमको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।मानाभरा स्पोर्टिङ  युथ क्लबले सोमबार फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । उक्त पत्रकार सम्मेलनमा खेल तालिका समेत सार्वजनिक गरिएको थियो ।आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार पुस १५ गते आयोजक र चाँगे माछापोखरी हिटी क्लब बीच उद्‌घाटन खेल हुनेछ।त्यस्तै दोस्रो दिन सिवां  स्पोर्टिङ क्लब र लालीगुराँस फुटबल क्लब सुरुङ खिम बीच प्रतिस्पर्धा हुनेछ । सोही दिन दोस्रो खेल लिखु भुजी युथ क्लब रामेछाप र जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँगु बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । पुष १७ गते नवप्रयास युनाइटेड र प्रगतिशील युथ क्लब लिङतेप बीच सेमिफाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछन्। पुस १८ गते दुईवटा सेमिफाइनल खेल हुनेछन् भने प्रतियोगिताको फाइनल पुस १९ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८२ रुपैयाँ सहित ट्रफी मेडल प्रमाणपत्र र उपविजेताले १ लाख ५२ हजार ८२ रुपैयाँ सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्। खेलमा सर्वोत्कृष्ट हुने खेलाडीले ८ हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र पाउनेछन् भने प्रत्येक विधामा उत्कृष्ट हुने खेलाडीले प्रति खेलाडी ५हजार तथा  प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले २ हजार ५ सय नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।  उक्त प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।  पत्रकार सम्मेलनमा मानाभरा स्पोर्टिङ युथ  क्लब अध्यक्ष तुलसी दाहाल, संरक्षक फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्रा रविन ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबो लगायत क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*