युनाइटेड मेवाखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत तेल्लाबुङ स्थित सबस्टेसनमा प्रवाहका लागि प्रक्रिया सुरु

वेलकम खबर
चैत्र ५, २०८२

ताप्लेजुङ  ।  युनाइटेड मेवाखोला जलविद्युत आयोजनाले ५० मेगावाट क्षमताको विद्युत उत्पादन गरी तेल्लाबुङ सब स्टेसनसम्म प्रवाहको प्रक्रिया थालेको छ। आयोजनाका इन्चार्ज आसलाल लिम्बु आशिसका अनुसार बिहीबारदेखि तारमा लाइन चार्ज गर्ने काम गरिएको छ।

लाइन चार्ज अबधि एक हप्ताको रहने छ । लाइन चार्ज भइरहेको अवस्थामा आयोजना स्थलदेखि सबस्टेसनसम्मका संरचनाहरूमा चढ्ने छुने काम नगरिदिन आयोजनाले सूचना जारी गर्दै आग्रह गरेको छ। सोहीअनुसार सूचना प्रवाह गरिदिन आयोजनाले मेरिङदेन गाउँपालिकालाई समेत आग्रह गरेको छ ।

विद्युत प्रसारण लाइन आयोजनाको क्षेत्र मेरिङ्गेन ३ खाम्लुङ,आठराई त्रिवेणी गाउँपालिका ५ चाँगे र मैवाखोला गाउँपालिका वडा नम्बर १ ढुङ्गेसाँघु क्षेत्रहरूमा विद्युतीय प्रसारण लाइनको टावर निर्माण तथा तार तान्ने कामहरू सम्पन्न गरी चार्जिङको काम थालिएको हो। मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवाखोला नदीमा युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन गरिरहेको हो। आयोजनाको विद्युत्गृह मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*