पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, ठेक्का अनियमितताको आरोप

वेलकम खबर
बैशाख ११, २०८३

काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सरकारी बोलपत्रसम्बन्धी वेबसाइटमा पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीलाई पारेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी मनोज केसीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेका छन् ।पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत हुन् । साथै, उनी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता हुन् ।यसअघि पनि सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।पाण्डे २०७९ सालमा सहरी विकास मन्त्रीका रूपमा समेत कार्यरत रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*