ताप्लेजुङमा तीनजना समाजसेवी पुरस्कृत

टीकाराम गौतम स्मृति प्रतिष्ठान ताप्लेजुङमा तीनजना समाजसेवी पुरस्कृत गरेको हो ।
वेलकम खबर
बैशाख ९, २०८३

ताप्लेजुङ । ताप्लेजुङमा टीकाराम गौतम स्मृति प्रतिष्ठानले यस वर्षको तीनवटा विधाको पुरस्कार वितरण गरेको छ । सामाजिक क्षेत्रमा योगदान पु¥याउने एक पत्रकार, एक समाजसेवी र रेडक्रस ताप्लेजुङको एक उपशाखासहित तीन बिधामा पुरस्कार वितरण गरेको हो ।
प्रतिष्ठानले पत्रकारिताबाट योगदान पुरयाउने पत्रकार महासंघ ताप्लेजुङका सहसचिव साहारा लङ्वालाई नगद १० हजार १०५ रुपैयाँ सहित पुरस्कृत गरेको छ । लङ्वा रेडियो काबेलीका स्टेशन म्यानेजर र गोरखापत्र दैनिकका ताप्लेजुङ संवाददाता हुन ।
। सामाजिक सेवातर्फको पुरस्कार भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईले पाउनु भएको छ । उहाँले १० हजार १०५ रुपैयाँ राशीको पुरस्कार प्राप्त गर्नुभएको हो ।
रेडक्रस उपशाखातर्फ ढुङ्गेसाँघु उपशाखालाई नगद १५ हजार १०५ रुपैयाँसहित पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष तोया गौतमले जानकारी दिनुभयो ।

२०१३ साल वैशाख ९ गते जन्मिएका नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उहाँको निधन पछि सामाजिक क्षेत्रलाइ स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठानमार्फत कार्यक्रम गर्दै आइरहनु भएको छ ।

स्वर्गीय गौतमको जन्मदिनको पारेर हरेक बर्षको बैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्दै आइरहेको छ । स्वर्गीय गौतम २०३८ सालमा नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको उपकोषाध्यक्ष पदको जिम्मेवारी सहित नेपाल रेडक्रस सोसाईटीमा संस्थागत रुपमा आवद्ध हुदै जिल्ला सभापति समेत हुनुभयो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँको प्रमुख आतिथ्यतामा भएको पुरस्कार तथा सम्मान तथा पुरस्कार बितरणसंगै प्रतिष्ठानले सम्वत् २०८३ को भित्तेपात्रो (क्यालेण्डर) समेत बिमोचन गरेको प्रतिष्ठानका सचिव प्रकाश गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*