केवलकार असन्तुष्ट पक्षसँग वार्ता गर्न समन्वय प्रमुख लामाको संयोजकत्वमा बन्यो समिति

वेलकम खबर
३ माघ २०८०, बुधबार १८:४०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार कागजी प्रकृया पुुरा भएपनि मुकुम्लुङ सर्घष समिति र पाथीभरा केबलकार खारेजी समितिबाट विरोध भई निर्माण कार्य अवरोध पुगेको भन्दै सघर्ष समितिसँग आवश्यक सहजीकरण गरी बार्तामार्फत समस्या समाधान गर्न जिल्ला समन्वय सिितका प्रमुख छिरिङ लामाको संयोजकत्वमा ९ सदस्यीय वार्ता समिति निर्माण भएको छ ।

आज पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेको अध्यक्षतामा बसेका बैठकले लामाको संयोजकत्वमा समिति निर्माण भएको हो । सो समितिका सदस्यहरुका फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन,पाथीभरा याङवरक गाँउपालिका प्रमुख केशर मेन्याङ्वो,सिरिजंघा गाँउपाकिला प्रमुख लालकृष्ण चौहान,फक्ताङलुङ गाँउपालिका प्रमुख राजन लिम्बु,प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेल,पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापा र पाथीभरा मुकुम्लुङ केवलकार प्रालिका रुद्र पौडेल सदस्य रहनु भएको समिति निर्माण भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*