ताप्लेजुङको आईटी एकडेमीले २०० भन्दा बढी आईटी दक्ष मेनपावर उत्पादन गर्यो

वेलकम खबर
चैत्र १९, २०८२

ताप्लेजुङ, । ताप्लेजुङको फुङलिङमा रहेको आईटी एकेडेमीले १८ जनालाई दीक्षित गर्दै प्रमाणपत्र वितरण गरेको छ । एकेडेमीले इमेज एनोटेसनका १३ जना, ग्राफिक डिजाइनका ४ जना र वेभ डेभलपमेन्टका १ जना गरी जम्मा १८ दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको आईटी प्रमूख बसन्त लिम्बूले बताए ।
कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खगेनसिं हाङगामको प्रमुख आतिथ्यतामा प्रमाण पत्र वितरणको कार्यक्रम सम्पन्न भएको हो । उहाँका अनुसार उक्त एकेडेमीबाट अहिले सम्म ग्राफिक डिजाइन, वेभ डिभलोपमेन्ट, डिजिटल मार्केटिङ र इमेज एनोटेसन मार्फत २१० जना प्रशिक्षार्थीहरू दीक्षित भइसकेका छन् ।


दीक्षित भएका अधिकांशले देश तथा विदेशका कम्पनीहरूमा रोजगारी प्राप्त गरी काम गरिरहेको पनि प्रमुख लिम्बूको भनाई छ । अहिले भने ग्राफिक डिजाइन र वेभ डेभलपमेन्टका कक्षाहरू सञ्चालन भइरहेको छ । जसमा ताप्लेजुङ सहित पाँचथर, सुनसरी, सप्तरीका ६१ जना प्रशिक्षार्थीहरूले तालिम लिइरहेका छन् ।
प्रमाणपत्र वितरण कार्यक्रम सँगै पूर्व मन्त्री हाङ्गामले एकेडेमीको अवलोकन समेत गर्नुभएको थियो । हाङ्गामले आफ्नो कार्यकालमा कोशी सरकारबाट ग्राफिक डिजाइन र वेब डेभलपमेन्टको लागि भनेर ३९ लाख रुपियाँ बजेट विनियोजन गरेका थिए । अहिले घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ मार्फत सोही कार्यक्रम अन्तरगतको कक्षा सञ्चालन भइरहेको एकेडेमी प्रमुख लिम्बूको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*