मेरिङदेनले दियो पुसे मेलाका लागि दुई दिन स्थानीय बिदा

मदन गौतम
मंसिर २८, २०८२

ताप्लेजुङ।  ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पुसे मेलाका लागि दुई दिन स्थानीय बिदा दिएको छ। कार्यपालिकाको बैठकको निर्णयअनुसार पुस ३ गते र ४ गते स्थानीय बिदा दिएको पालिकाले जनाएको छ। उक्त दुई दिन आकस्मिक सेवा बाहेक पालिका मातहतका सरकारी कार्यालयहरूमा विद्यालय एवं सङ्घसंस्थाहरू बन्द रहने पालिकाले जनाएको छ। मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको समस्थल दोभानमा पुसे मेला २०३१ सालदेखि लगातार पुस १ गतेदेखि ५ गतेसम्म  लाग्दै आएको ऐतिहासिक मेला हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*