ऐतिहासिक पुसे मेलामा पुरुष भलिबल र ब्याडमिन्टन प्रतियोगिता हुने

मदन गौतम
मंसिर २७, २०८२

ताप्लेजुङको मेरिङदेन र आठराई त्रिवेणीको समस्थल दोभानमा लाग्ने पुसे मेलामा पुरुष भलिबल र ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। आगामी पुस १ गतेदेखि ५ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल र बी लेबलको कोशी स्तरीय ब्याडमिन्टन तथा सी लेभलको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने शनिवार फुङ्लिङमा पत्रकार सम्मेलन मार्फत पुसे मेला सञ्चालक समिति तथा दोभान स्पोर्टिङ क्लबले जानकारी गराएको हो।भलिबल प्रतियोगितामा सात क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । भारतको युनाइटेड एथलेटिक्स क्लब कलकत्ता ,भोजपुर ,सभापोखरी भलिबल क्लब ,ट्रेनिङ सेन्टर दमक, मुकेश मेमोरियल क्लब ,रानी विराटनगर मोरङ र क्षेत्र नम्बर ख ताप्लेजुङले प्रतिस्पर्धा गर्ने भएका छन् ।उक्त प्रतियोगिताको खेल तालिका मंसिर २९ गते प्रकाश गर्ने आयोजकले जनाएको छ ।  आयोजक समितिका अध्यक्ष हेम चोङबाङका अनुसार भलिबल  विजेताले ३लाख नगद ट्रफी मेडल प्रमाणपत्र र उपविजेताले १ लाख ७५ हजार ट्रफी मेडल प्रमाणपत्र पाउनेछन्। सेमिफाइनलमा पुग्ने दुईटा टिमलाई प्रति टिम ५० हजार प्रदान गरिने पुसे मेला आयोजक समितिले बताएको छ। विधागत पुरस्कारमा उत्कृष्ट सर्भर उत्कृष्ट डिफेन्डर उत्कृष्ट बलर उत्कृष्ट सेटर प्रशिक्षक उदयमान खेलाडीलाई प्रति खेलाडी ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ। त्यसैगरी सर्वोत्कृष्ट हुने खेलाडीलाई ७ हजार रुपैयाँ प्रदान गरिने पुसे मेला आयोजक समितिले जनाएको छ। ब्याडमिन्टन तर्फ कोशी प्रदेश स्तरीय ए लेबलको ब्याडमिन्टनमा प्रथम ,द्वितीय, तृतीयले क्रमश ५२ हजार ३० हजार र ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् त्यसैगरी सी लेबल जिल्ला स्तरीय ब्याडमिन्टनमा प्रथम र द्वितीयले क्रमश २५ हजार  र १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। पुसे मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा वृहत सांस्कृतिक कार्यक्रम समेत हुने आयोजक समितिले छ। पुसे मेला २०३१ सालदेखि निरन्तर लाग्दै आएको पूर्वको ऐतिहासिक मेला हो। उक्त प्रतियोगिता सम्पन्न गर्न ३६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*