काठमाडौँबाट फरार कैदी फुङ्लिङमा पक्राउ

मदन गौतम
मंसिर २६, २०८२

ताप्लेजुङ  । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा कारागार सुन्धारा काठमाडौँबाट फरार रहेका कैदी ताप्लेजुङको फुङ्लिङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला एक खोक्लिङ घर भई काठमाडौँ बुढानीलकण्ठ ८ बस्ने वर्ष ३४ का प्रदीप लुङ्गा भन्ने शकर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जटाशङ्कर यादवले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका लिम्बू अदालतले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भई  कैद भुक्तान गरिरहेका र जेन्जी आन्दोलनको क्रममा फरार रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*