आईटी एकेडेमी ताप्लेजुङले दोस्रो वार्षिक उत्सव मनायो 

मदन गौतम
मंसिर ६, २०८२

ताप्लेजुङ । आईटी एकेडेमी ताप्लेजुङले दोस्रो वार्षिक उत्सव मनाएको छ ।आईटी प्रविधिको प्रयोग गरि सीप सिकाएर विश्वका कम्पनीलाई सीप बिक्री गरेर रोजगार बन्न प्रेरित गर्ने एकेडेमीले एक सय ८१ जना विद्यार्थी दीक्षित भएका छन । दीक्षित मध्ये ५९ जनाले रोजगार पाएका र उनीहरूले ७३ लाख आम्दानी गरेको हेडअफ एकेडेमी बसन्त पालुङवाले बताउनुभयो । आईटी एकेडेमी पूर्वकै नमुनाको रुपमा स्थापना भइ सञ्चालनमा रहेको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले बताउनुभयो । एकेडेमीको काम तथा दुगर्ममा सीपलाई बिक्री गरि आत्म निर्भर बनाउन प्रेरित गरेकोले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट मन्त्रालयबाट विनियोजन गरेको बताउनुभयो । एकेडेमीका संस्थापक डेनमार्कका नागरिक वाल्डेमर स्मिथले उद्देश्य तथा योजना अनुसार नै सञ्चालनमा आएको हुदा खुसी ब्यक्त गर्नुभयो । एकेडेमीले वाल्डेमरलाई लगानीका पिता भनेर सम्बोधन गर्ने गरको छ । उक्त कार्यक्रममा पाथिभरा याङवरक अध्यक्ष केसर मेन्याङबो मेरिङदेन अध्यक्ष युखहाङ विर हाङगाम , मिक्वाखोला अध्यक्ष भक्त बहादुर काकीले सकारात्मक सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*