एमाले ताप्लेजुङको वृहत जागरण सभा सम्पन्न

मदन गौतम
कार्तिक २९, २०८२

  ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले विगठन भएको प्रतिनिधि सभाको पुनःस्थापनाको माग गदै वृहत जागरण सभा गरेको छ । सभा गर्नु पहिले एमाले ताप्लेजुङले फुङलिङमा पार्टीका पोलिटब्युरो सदस्य  तिल कुमार मेन्याङबो ,कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमु , प्रदेश कमिटी सदस्य लगायत नौ वटै पालिकाका नेता तथा कार्यकर्ताहरू सम्मिलित र्‍याली  बिरेन्द्रचोक पुगेर कोण सभामा परिणत भएको थियो । पोलिटब्युरो सदस्य  मेन्याङबो ,कार्यवाहक अध्यक्ष  पोमु लगायत पार्टीका विभिन्न तहका नेताले सम्बोधन गरेका थिए । सभामा प्रतिनीधि सभाको पुनःस्थापना र  जेन्जी आन्दोलनमा क्षति भएको निजी तथा सार्वजनिक सम्पत्तिको निष्पक्ष छानविन र संलग्नलाई कडा कारबाहीको माग गरिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*