दोस्रो फङ्फङ्देन फुटबल प्रतियोगितामा अलैँची पुरस्कार 

मदन गौतम
कार्तिक २५, २०८२

ताप्लेजुङ ।अलैँचीको प्रचारप्रसारका लागि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ तेम्बामा दोस्रो फङ्फङ्देन  झरना संस्कृति तथा पर्यटकीय मेलामा खेलाइने आमन्त्रित अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगितामा अलैँची पुरस्कार दिइने भएको छ । प्रतियोगिता मङ्सिर ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने बताइएको छ।  उक्त प्रतियोगितामा मायाको चिनोदेखि विजेता उपविजेता तथा विधागत पुरस्कार अलैँची दिइने फङ्फङ्देन झरना पर्यटन विकास समितिले फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी हो ।  आमन्त्रित अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख २ हजार ८२ रुपैयाँ र उपविजेता हुनेले  १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची  प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विजय सावाँले बताउनुभयो । पुरस्कार प्रदान गरिने दिनको अलैँचीको मूल्यको आधारमा त्यही बराबरको अलैँची  प्रदान गरिने अध्यक्ष सावाँले बताउनुभयो  र बिक्रीका लागि कुनै झन्झट नहुने पुरस्कार लिएकै स्थलमा व्यापारी आएर  किन्ने  अध्यक्ष सावाँको भनाइ रहेको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न १९ लाख ५० हजार १ सय १० रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।  आयोजकले मिक्वाखोला गाउँपालिका मिक्वाखोला बासी देशविदेशमा रहेका व्यक्ति सङ्घ संस्था तथा जलविद्युत आयोजनाको सहयोगमा मेला तथा प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ । उक्त मेलामा स्थानीय तथा राष्ट्रिय  कलाकार सहितको सांस्कृतिक कार्यक्रम समेत हुने आयोजक समितिले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*