जेनजीले गराए महानिर्देशकको ध्यानाकर्षण ताप्लेजुङको ओलाङचुङगोला भन्सारमा सात दिन भित्रमा कर्मचारी पठाउने
काठमाडौँ । ताप्लेजुङ उत्तरी क्षेत्रमा रहेका भन्सार कार्यालयमा कर्मचारी नभएको भन्दै तत्काल कर्मचारी उपलब्ध गराउनका लागि जेनजी ताप्लेजुङले आज भन्सार विभाग प्रमुखको ध्यानाकर्षणका गराएका छन । जेनजी ताप्लेजुङका प्रमुख गोपाल गुरागाईको टोलीले भन्सार प्रमुख श्याम प्रसाद भण्डारीलाई भेटी तत्काल नेपाल चीन सिमाना ( ओलङचुङ गोला मूल भन्सार कार्यालय) सञ्चालन गर्नका लागि कर्मचारी उपलब्ध गराउन माग गरेका हो । माग पछि महानिर्देशक श्याम प्रसाद भण्डारीले हप्ता दिन भित्रमा ताप्लेजुङको ओलाङचुङगोला भन्सार कार्यालयका कर्मचारी खटाइने विश्वास दिलाएको जेनजी संयोजक गुरागाँईले जानकारी दिनुभयो ।
जेनजीका माग यस्तो छ
१, फक्ताङलुङ गाउँपालिका वडा नं ७ मा रहेको मूल भन्सार कार्यालयमा १५ दिन भित्र कर्मचारी खटाई भन्सार सञ्चालन गरियोस् ।
२, सम्पूर्ण जिल्लावासीलाई जिल्ला प्रशासन कार्यालयले वितरण गरिरहेको (Nepal China Border Citizen Entry Pass) को वितरण समग्र जिल्लावासीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ वितरण गरियोस् ।
३, तमोर कोरिडोर सडक योजना अन्तर्गत पर्ने ताप्लेजुङ ओलाङचुङगोला अन्तर्गत पर्ने सडक स्तरोन्नति बेलिब्रिज शिघ्र निर्माण गरी र लागेको ठेक्का प्रक्रियाको काम तत्काल सम्पन्न गरी सिङ्गो मूल भन नाकालाई व्यापारिक केन्द्र बनाउने कुरामा ध्यानाकर्षण गरियोस् ।
४, फक्ताङलुङ गापा वडा नं। ७ अवस्थित मउमाटारलाई सुख्खा बन्दरगाहको लागि डिपिआरको कार्य सम्पन्न भइसकेकोमा तत्काल निर्माण तथा कार्यान्वयनमा पहल गरियोस् ।



















