तीन सय २० प्याकेट पटका बरामद गरी नष्ट
ताप्लेजुङ। तिहारका लागि सदरमुकाम फुङलिङ भित्राउँदै गरेको पटक बरामद गरी ताप्लेजुङ प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार झापाबाट गाडीको हुटमा राखेर भित्र्याएको पटका मेवाखा प्रहरी चौकीले चेकजाँचको क्रममा फेला पारेको हो । प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मे १ज १३८८ नम्बरको गाडीमा उक्त पटका भित्र्याएको थियो । बस्नेतले लसुने पटका दुईसय थान, चक्लेट पटका एक सय थान र विभिन्न प्रकारका २० थान रहेको जानकारी दिए । दिपावलीमा अधिक पटेका पड्कने गरेको छ। यसबाट आगलागी लगायतको जोखिम हुने भएकाले प्रयोग नगर्न प्रहरीले यस अघि देखिनै सूचित गराइरहेको छ ।


















