हिमालीले विद्यार्थीलाई सम्मान
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित हिमाली ग्रामीण पर्यटन विकास समूहले गत शैक्षिक सत्रको एसईई परीक्षामा उत्कृष्ट हुने र कक्षा ११ भन्दा माथि अध्ययन गर्दै गरेका बिद्यार्थीलाई सम्मान गरेको छ ।बडादशैं,दीपावली, छैट सहितका पर्वहरुको अवसर पारेर मंगलवार शुभकामना आदान(प्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिएको हिमाली ग्रामीण पर्यटन विकास समूहका अध्यक्ष हर्कराज गुरुङले जानकारी दिनुभयो ।
फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ ९तेज० को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समूहको कार्यक्षेत्र भित्र एसईई उर्तीण बिद्यार्थी र कक्षा ११ भन्दा माथि अध्ययरत बिद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना समेत दिईएको थियो ।-eujyalopost


















