सिदिङवा गाउँपालिका तोडफोड भएपछि दशै पहिले तलबभत्ता दिन कठिन 

मदन गौतम
अशोज २, २०८२

ताप्लेजुङ।  ताप्लेजुङको सिदिङवा गाउँपालिका तोडफोड र कार्यालयका कागजात तोडफोड कर्ताले लिएर गएको भन्दै पालिकाका कर्मचारीले दशैँ पहिले तलब दिन कठिन विज्ञप्ति मार्फत जानकारी गराएका छन् । गत भदौ २५ गते गाउँपालिका कार्यालय तोडफोड र कार्यालयका कागजात एक समुहले लिएर गएकै दिन देखि कार्यालयको रोकिएको कर्मचारीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गत भदौ २९ गते गाउँपालिकाको बैठक बसेर घटनामा संलग्नको खोजी ,पहिचान र कारबाहीका लागि बैठकले निर्णय गरे पनि आजका मिति सम्म समस्या समाधान नभकाले आर्थिक कारोबार गर्न कठिन रहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार असोजको ३ गते पनि कार्यालय सञ्चालन हुन नसकेमा सामाजिक सुरक्षा भत्ता, शिक्षकको तलबभत्ता , कर्मचारीको हाल सम्मको तलबभत्ता साथै पालिकाले दिनुपर्ने अन्य भुक्तानी दिनुपर्ने सबै खर्च भुक्तानी दिन नसकिने र कर्मचारी जवाफदेही नहुने विहीबार कर्मचारीले सामूहिक हस्ताक्षर गरि विज्ञप्ति निकालेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*