ताप्लेजुङमा कफ्‍‍र्यू थपियो

मदन गौतम
भदौ २७, २०८२

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरि कफ्‍‍र्यू थपिएको छ ।प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले शुक्रबार एक सूचना प्रकाशित गर्दै शुक्रबार बेलुकी ७ बजे देखि शनिबार बिहान ६ बजे सम्म लागू हुनेगरि जिल्ला भरि कफ्‍‍र्यू आदेश जारी गर्नु भएकोछ ।

कफ्‍‍र्यू लागू पछि कोही पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक एवम् घेराउ गर्न नपाइने प्रकाशित भएको सूचनामा उल्लेख गरिएको छ ।  कफ्‍‍र्यू आदेशको उल्लङ्घन गर्ने तथा पालना नगर्नेलाई कानून बमोजिम कारवाही हुने हुने समेत उल्लेख छ । कर्फ्यु अवधि भर एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका व्यक्तिले भने आवतजावत गर्न सवारी साधन प्रयोग गर्न पाउने छन् । उक्त सुविधाका लागि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात हुनुपर्ने र आउजाउ गर्न सुरक्षाकर्मीबाट सहजीकरण हुने पनि सूचनामा उल्लेख गरिएको छ । ताप्लेजुङमा विगत ३ दिन देखि रातमा कफ्‍‍र्यू र दिनमा निषेधाज्ञा जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*