ताप्लेजुङको फुङ्लिङ बजार शुक्रबार पनि खुल्ने
ताप्लेजुङ । ताप्लेजुङमा पसल व्यावसायहरु भोलि प्रप्येक शुक्रबार खुल्ला हुने भएको छ । चाडपर्व नजिकीदै गर्दा उपभोक्ताको सहजताका लागि शुक्रबार पनि फुङ्लिङ बजारका सम्पूर्ण पसल व्यावसायहरु खुल्ला हुने भएको हो ।
ताप्लेजुङ उद्योग वाणिज्य संघले आज सूचना जारी गर्दै चाडपर्वका अवसरमा उपभोक्ता तथा व्यवसायीहरुलाई सर्वसुलभ रुपमा उपभोग्य सामाग्रीहरु खरिद विक्री गर्ने गरि शुक्रबार बजार खुल्ला गरेको वाणिज्य संघले जनाएकोछ । संघले उपभोक्ता संरक्षण ऐन २०७५, नियमावली २०७६ र अन्य उपभोक्तासँग संम्बन्धित कानुनी प्रावधान बमोजिम बिक्री वितरण गर्न उद्यमी व्यावसायीहरुलाई आग्रह गरेकोे छ । भोलि शुक्रबारबाट खुल्ला हुने बजार पसल आगामी कात्तिक १४ गते शुक्रबार पून पुर्ववतरुपमा नै बन्द रहने संघको सूचनामा उल्लेख गरेको छ ।


















