नारायणी मा विको सेप्टी ट्याङकीमा डुबे २ बालबालिकाको मत्यु
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा अवस्थित नारायणी मा विको निमार्णधिन सेप्टी ट्याङकीमा जमेको पानीमा डुबेर २ जना बाल बालिकाको मृत्यु भएकोछ । मृत्यु हुनेमा मैवाखोला ३ साघुका चन्द्र बहादुर लिम्बुका ९ बर्षीय छोरा मौसम लिम्बु र मैवाखोला ४ का लाक्पा शेर्पाका ९ बर्षिय छोरी याङजु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक बस्नेतले बताउनु भयो । शौचालय निर्माणका लागि खनिएको सेप्टी ट्याङकीको खाल्डोमा पौडी खेल्ने क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएकोछ । मृतकको शव पोष्टमार्ट पश्चात विहिवार परिवारलाई जिम्मा लगाईएको प्रहरीको भनाईछ ।


















