स्थानीयले कक्षा ११ र १२ सञ्चालन गर्न अक्षयकोष स्थापना
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ४ लिङ्तेपको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि स्थानीय अभिभावकले आर्थिक सङ्कलन गरि अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका प्रधानाध्यापक राज कुमार दासका अनुसार २३ लाख ३२ हजार ५ सय ३७ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । उक्त सङ्कलित रकम बैँकमा मौज्दात रहेको र सोको ब्याजबाट शिक्षकलाई सेवा सुविधा उपलब्ध गराइने विद्यालयले जनाएको छ। शैक्षिक सत्र २०८१ बाट कक्षा ११ सुरु भएकाले पहिले जस्तो अन्य माध्यमिक विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्यता हटेको प्रधानाध्यापक दासले बताउनुभयो । यस वर्ष विद्यालयमा कक्षा १२ मा २३ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कक्षा ११ मा भर्ना खुलेको विद्यालयले जनाएको छ । लिङ्तेपका स्थानीय अभिभावक ,सङ्घ संस्था र समाजसेवीहरु बाट सहयोग प्राप्त भएको छ । विद्यालय सञ्चालन गर्नका लागि जोकोही सहयोगी मनले पनि आर्थिक सहयोग गर्न सकिने विद्यालयले जनाएको छ ।


















