ताप्लेजुङको फक्ताङ्लुङमा ट्रिपर दुर्घटना ,मेकानिक बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ६ लेलेपमा आज दिउँसो ट्रिपर तमोर नदीमा खस्दा एकजना मेकानिक बेपत्ता भएका छन् । तमोर करिडोर सडक खण्डमा तमोर फाइबर हाइड्रोपावरको ग १ क ६३१८ नम्बरको बिग्रिएको ट्रिपर मर्मत गरी परीक्षण गर्ने क्रममा पल्टिएर तमोर नदिमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो । बेपत्ता मेकानिक तनहुँको शुक्ला गण्डकी गाउँपालिका ४ का सुदीप सुवेदी रहेको प्रहरीले जनाएको छ । बेपत्ता मेकानिक सुबेदीको खोजी कार्य भइरहेको छ । टिपर भने तमोर नदीमा पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।


















