ताप्लेजुङ सरोकार केन्द्रले फुटसल खेलाउदै विजेतालाई एकलाख

वेलकम खबर
भदौ ५, २०८२

काठमाडौ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले आफ्नो स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गदैछ । संस्था स्थापना भएको २० औ वर्ष पुगेको अवसरमा  भदौ ७ गते शनिवार पालिका स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिने भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले बताउनुभयो । उहाँले  धुम्बाराही स्थित धन्यन्तरी फुटसलमा महिला पुरुषको फुटसल आयोजना गर्न लागेको बताउनुभयो ।

पुरुष तर्फको फुटसल विजेताले एक लाख,ट्रफी ,मेडल, प्रमाणपत्रप्राप्त गर्नेछन भने उप विजेताले५० हजार  मेडल,प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै पुरुष तर्फका फेयर प्ले टिम १० हजार मेडल प्रमाणपत्र,बेस्ट गोलकिपर पाँच हजार मेडल प्रमाणपत्र,बेस्ट प्लेयर पाँच हजार मेडल,प्रमाणपत्र प्राप्त गर्ने सरोकार केन्द्रका उपाध्यक्ष सन्तोष मादेनले जानकारी दिनुभयो ।
त्यस्तै खेलमा पुरुष भेट्रान ४० वर्षभन्दा माथिका ताप्लेजुङ निर्वाचन क्षेत्र प्रदेश क र ख विजेताले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने महिला तर्फको भेट्रान प्रदेश क र ख विजेता नगद १० हजार, मेडल, प्रमाणपत्र गर्ने सरोकार केन्द्रले जनाएको छ ।
खेलमा सहभागिता जनाउने टीमले भदौ ६ गते साँझ ५ बजे भित्र नाम दर्ता गराइसक्नु पर्ने उल्लेख गरेको छ । खेलका लागि ताप्लेजुङ जिल्लामा जन्म भएको अथवा बुबा जन्मिएको प्रमाणपत्र (नेपाली नागरिकता) जन्मदर्ता नाता प्रमाणपत्र आदि अनिवार्य रूपमा पेश गर्नु पर्नेछ। एक पालिकाबाट बढिमा २ टिम मात्र समावेस गर्न सकिने ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष युवा तथा खेलकुद प्रमुख तथा तथा फुटसल खेल सञ्चालन समितिको संयोजक पदम आङवुहाङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*