फड्के तर्दा बालिकाको ज्यान गर्यो
वेलकम खबर
साउन ३०, २०८२
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको सिमाना भइ बग्ने सिस्ने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका वडा नम्बर १० की अन्दाजी साढे २ बर्षीय निशा लिम्बुको ज्यान गएको हो।
आफ्नी आमा शान्ता लिम्बुसँग फक्ताङ्लु गाउँपालिका ३ तावा स्थितीमा रहेको मामाघरमा जाने क्रममा फड्के तर्दा आमा छोरी नै चिप्लिएर खोलामा परेका थिए।खो लाले बगाउँदा बालिका लिम्बुको मृत्यु भयो भने उनकी आमाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।


















