चर्च ब्वाइजसँग भारतको सिलिगुडी पराजित
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा चर्च ब्वाइज ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई पराजित गरि सेमिफाईनलमा पुगकोछ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइजसगँ भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी १–० गोल अन्तरले पराजित भएको हो ।
ललितपुरका मनिस जर्गाले गरेको खेलको १० औं मिनेट गरेको गोल नै निर्णयक बनेको थियो । पहिलो हापको अन्तिम समयमा भारतका खेलाडी दोहोरो पहेलो कार्डका पाएपछि १० खेलाडीमा सिमित रहे पनि चर्च ब्वाईनलाई दबाबमा राखेको थियो । आजको म्यानअफद भ्याच चर्चब्वाइजका विश्वास चौधरी बने । भोली सहलेस क्लब सिराहा र पाचथर स्पोटिङ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । साउन ३१ गते हुने प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक प्राप्त गर्नेछ ।


















