ताप्लेजुङ गोल्डकपको पहिलो दिनमै तिन लाख बढिको टिकट बिक्री

मदन गौतम
साउन २४, २०८२

ताप्लेजुङ।तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकपमा आज एकै दिनमा टिकट बिक्रिबाट तीन लाख १० हजार रुपियाँ सङ्कलन भएको हो । पहिलो दिनमा नै तीन हजार एक सय जना दर्शकले एक सयको दरले टिकट काटेर मैदान प्रवेश गरेका थिए । यस बर्ष टिकट बिक्री ठेक्का प्रक्रियाबाट गरिएको छ । टिकट बिक्रीको जिम्मेवारी पाउनु भएका मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लङ्वा लिम्बूका अनुसार वृद्धवृद्धा, अपाङ्ग र बालबालिकालाई निशुल्क प्रवेश गराइएको छ । आजको खेलामा द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीले विजयको यात्रा सुरु गरेको छ । द योङ ब्रदर्श क्लब इटहरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयको तय गरेको हो । दोस्रो खेल भोलि सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच हुनेछ । साउन २७ गते हुने क्वाटर फाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*