आफू माथि लागेको आरोपको पुष्टि गर्न फुङलिङ २ का वडा अध्यक्ष न्यौपानेको चुनौती

मदन गौतम
असार १२, २०८२

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका वडा नं दुईका वडा अध्यक्ष मोहन न्यौपानेले  विहीबार पत्रकार सम्मेलन मार्फत आफू माथि लागेको छ बुँदे आरोपको पुष्टि गर्न चुनौती दिएकाछन् । 

फुङलिङ नगरपालिका तथा मातहतका सम्पूर्ण कर्मचारीहरू नाम थर र पद समेत नखुलाई हस्ताक्षरको प्रेस विज्ञप्ति प्रति आफ्नो गम्भिर ध्यानाकर्षण रहेको भन्दै छ बुँदे आरोपको जवाफ माग गर्नु भएको छ । विहीबार फुङलिङमा पत्रकार सम्मेलनमा आफूले नगरसभामा दिएको अभिव्यक्ति कानुन बमोजिम गल्ती ठहयाएमा कारबाही भोग्न तयार रहेको बताएका छन् । अपहेलित ,अपमानित ,नगरसभामा कर्मचारी किन प्रवेश गरेका ,कस्ले बलाएको तथा कर्मचारीलाई व्यक्तिगत रुपमा गाली बेइज हुने अभिब्यतिको पुष्टिको माग गरेका छन् । त्यसैगरी धम्काएको थकाएको र मेरा  कुन जिम्मेवारीहरू प्रति गैर जिम्मेवार भएको प्रमाणित गर्न विज्ञप्तिमा भनिएको छ । मैले मेरा विचार भावनाहरू नगरसभामा नराखेर कहाँ राख्नु कर्मचारीलाई वडा अध्यक्ष न्यौपानेले प्रश्न गरेका छन् ।  

 गत मङ्गलबार नगरपालिकाको १८ औं नगर सभामा प्रवक्ता न्यौपानेले दिनुभएको  गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति र कर्मचारीको काम तथा कार्यालयको वातावरणलाई प्रभावित गर्नेखालको उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रेस विज्ञप्ति निकालेर पेन डाउन गरेका थिए । कर्मचारीले सहज गरी काम गर्ने वातावरण बनाउन नगर प्रवक्ता न्यौपानेले नगरपालिकामा आएर गल्ती महसुस गरी माफी माग्नुपर्ने विज्ञप्तिमार्फत माग गरेका थिए। 

अहिले नगर सभामा नगर सभाका सदस्यले नीतिगत कुरा राख्न पाउदैन भने कहाँ राख्ने अनि कर्मचारी किन आन्दोलित हुने भन्ने प्रश्न खडा भएको छ ।  नगर सभा जहाँ नीतिगत विषयमा नै छलफल हुने गर्छ । तर त्यही नगरसभामा भएको नीतिगत अभिव्यक्तिका कारण कर्मचारीहरू आन्दोलित बनेका थिए ।  यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले भने तत्काल छलफल गरेर आजबाट नियमित कार्य सुचारु हुने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*