ताप्लेजुङमा जातीय छुवाछुत तथा भेदभाव उन्मूलन राष्ट्रिय दिवसका अवसरमा अन्तरजातीय विवाह गरेका ३५ जोडीलाई सम्मान

मदन गौतम
जेष्ठ २१, २०८२

ताप्लेजुङ । १९ औँ जातीय छुवाछुत तथा भेदभाव उन्मूलन राष्ट्रिय दिवस बुधबार ताप्लेजुङमा अन्तर्जातीय दलित गैरदलित  विवाह गरेका जोडीहरूलाई सम्मानसहित विविध कार्यक्रमका गरि सम्पन्न गरिएको छ । कार्यक्रमका बीच अन्तर्जातीय विवाह गर्ने ३५ जोडीलाई सम्मानपत्र सहित सम्मान गरिएको  हो । दलित  एकता समाज ताप्लेजुङको समन्वयमा  सदरमुकाम स्थित सामुदायिक भवन सिटी हलमा कार्यक्रम सम्पन्न गरिएको हो ।मूल समारोह अघि विभिन्न जातीय झाँकी सहित यालीले नगरपालिकामा गरेको थियो। उक्त ।   कार्यक्रमका प्रमुख अतिथि  फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले दलित समुदायले अन्य समुदाय भन्दा आफू नीच रहेको  महसुस गर्नु नै दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।  वैज्ञानिक युगतर्फ अघि बढिरहेको समाजमा बिस्तारै छुवाछुतको प्रथा जरैबाट हट्ने मादेनको दावी थियो ।   दलित समुदायका व्यक्तिहरूले अब आफूलाई वैज्ञानिक ढङ्गले अघि बढाउँदै जातीय छुवाछुत विरुद्धमा सशक्त भएर  अघि लानुपर्नेमा उहाँले  जोड दिनुभयो ।कार्यक्रमको विशिष्ट अतिथि रहनुभएकी फुङ्लिङ नगरपालिका  उपप्रमुख भिमादेवी ओझाले छुवाछुत विरुद्धका कुराहरू कागजमा मात्र नभएर व्यवहारमा उतार्न समाजमा रहेका सम्पूर्ण व्यक्तिहरूको उत्तिकै जिम्मेवारी रहने बताउनुभयो। छुवाछुत विरुद्धका गतिविधिहरूमा समाजका जिम्मेवार निकायहरूले  महत्वपूर्ण भूमिका नखेलेसम्म उन्मूलन नहुने उपप्रमुख ओझाको भनाइ कार्यक्रमका अन्य अतिथिहरूले छुवाछुत प्रथा मुलुकको समृद्धिकै बाधक बन्ने बताउँदै यसको अन्त्य गर्न सबैको उत्तिकै साझा जिम्मेवारी रहनेमा जोड दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*