ताप्लेजुङमा हत्या कसुरमा एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा हत्या गरेको कसुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका छ का अर्जुन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताउनु भयो । गुरुङले फकताङलुङ ३ का २८ वर्षीय तेजेन्द्र लिम्बुलाई खुकुरी प्रहार गर्दा लिम्बूको मृत्यु भएको थियो । गुरुङ र उनकी श्रीमती सरिता लिम्बू जेठ २० गते सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ ३ तावा पुगका थिए ।
राती गुरुङ र उनकी श्रीमती बिच झगडा भएपछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो । तर फकताङलुङ ३ को सिस्ने खोला पुग्दा तेजेन्द्रले अर्जुनलाई श्रीमान र श्रीमती बिच झगडा हुैन भनेर सझाउदा अर्जुनले तेजेन्द्रलाई खुकुरी प्रहार खुकुरी प्रहार गरेको र खुकुरी प्रहार पछि घटना स्थलमा नै तेजेन्द्रको मृत्यु भएको प्रहरीको भनाई छ ।खुकुरी प्रहार गरि फरार रहेका गुरुङलाई बुधबार दिउसो फुङ्लिङ नगरपालिका १० को भिर कुनाबाट पक्राउ गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले बताउनुभयो ।