कोशी प्रदेशको समृद्धि चित्र निर्माण गरिने ःपूर्व मुख्यमन्त्री शेरधन राई

ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले कोसी प्रदेशलाई समृद प्रदेश बनाउने बताउनु भयो । प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा फुङ्लिङमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।“खास गरेर पछिल्लो समयमा युवा वर्गहरूका निराशा छाईरहेको अवस्था छ, पलायन हुने खालको अवस्था ,बसाई सराईको अवस्थालाई ध्यानमा राखेर युवा लक्षित कार्यक्रम ल्याएर कोसी प्रदेशको समृद्धिको जग र त्यसको आधार गर्ने शिक्षा स्वास्थ्य ,रोजगार ,पर्यटन ,खानेपानी विजली ,सुशासन आधार तयार गरेर सबै जनताको खुसीको मुहार ल्याउने नेकपा एमाले कोसी प्रदेशले समेद्धी र विकास पस्कने उहाँको धारण थियो । आफू मुख्य मन्त्री हुँदा पनि योजना बद्ध तरिकाले नै कामहरू अगाडि बढाएको स्मरण गर्दै उक्त बेला सुरु गरेका कार्यहरूले अहिले ८० प्रतिशत पुरा भएको उहाँले बताउनुभयो । नेकपा एमालेको आगामी २५ वर्षको रोडम्याप अनुसार कोसी प्रदेशका एक हजार एक सय ५७ वडा ,एक सय ३७ स्थानीय तह ५६ प्रदेश सभा तथा २८ प्रतिनिधि सभामा भौतिक रुपमा जनताको चहाना अनुसारको समेद्धी र विकास योजना बनाएर २०८२ जेठबाट अभियान सुरु गरेको बताउनुभयो । नेकपा एमाले कोसी प्रदेश कमिटीले कोसीका जनताका घरघरमा पुगेर मतदातासँग सुझाब सङ्कलन गरि समृद्धी चित्र निर्माण कार्यशाला शुभारम्भ गरेको उहाँको भनाइछ । मुख्यमन्त्री राई त्यही चिचिलामा ताप्लेजुङ आउनुभएको थियो । कोसी प्रदेश सरकारले पनि आफ्नो नीति र कार्यक्रम पेस गरिसकेको बताउँदै यसका लागि पनि दुई दलबीच छलफल र सहकार्य निरन्तर भइरहेको बताउनुभयो ।। अहिलेको सरकार कोशी प्रदेशको समृद्धि र विकासको हितमा अघि बढने उहाँको भनाई थियो ।पत्रकार भेटघाट कार्यक्रममा एमाले पोलिट वियुरो सदस्य तथा कोशी प्रदेश सभा सदस्य पूर्वमन्त्री तिल कुमार मेन्याङबो,जिल्ला कमिटी कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमु दिपेन एमालेका विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो।