गणतन्त्र दिवसको अवसरमा सहिद पार्क क्षेत्र सरसफाई

मदन गौतम
जेष्ठ १५, २०८२

ताप्लेजुङ । अखिल क्रान्तिकारी ताप्लेजुङले १८ औ गणतन्त्र दिवसको अवसरमा भिन्तुना डाँडा, सहिद पार्क क्षेत्र र मुदिङ कोक्मा सरसफाई गरेको छ । अखिल क्रान्तिकारी जिल्ला कमिटी ताप्लेजुङ र फुङलिङ नगरकमिटीको समन्वयमा सरसफाई गरिएको नगर कमिटीले जनाएकोछ । सरसफाइ कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला कमिटीका पदाधिकारी,नगरकमिटी ,पार्टीका जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिती रहेको अखिल क्रान्तिकारी ताप्लेजुङले जनाएकोछ । आज जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको १७ बर्ष पुरा भई १८ बर्षमा प्रवेश गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*