ताप्लेजुङमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ

मदन गौतम
जेष्ठ १३, २०८२

ताप्लेजुङ । ताप्लेजुङको तोक्मे डाँडा हटिया लाइनमा बनाएको मानिसको प्रतिमामा अश्लिल हर्कत गरी प्रचार गर्ने दुईजना पुरुष पक्राउ परेका छन्। ताप्लेजुङका वर्ष २२ का र अर्का वर्ष २० का दुई पुरुषलाई प्रहरीले फुङलिङ बजारबाट जेठ १२ गते पक्राउ गरेको छ।  तोक्नेको पार्क स्थलमा भित्तामा बनाइएको च्याब्रुङ बजाइरहेको पुरुष र महिलाको प्रतिमामा शारीरिक  उत्तेजना बढाउने र चरित्रहीन भिडियो रेकर्ड गरी विद्युतीय सञ्चार माध्यम सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको जाहेरी दरखास्तको आधारमा आरोपी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो। पक्राउ परेका आरोपी दुवै जनालाई मुलुकी अपराध समिता २०७४ को परिच्छेद ५ को दफा १२१ तथा प्रचलित कानुन बमोजिम कसुरमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेको  प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*