लिम्बू पत्रकार सङ्घ ताप्लेजुङको अध्यक्षमा पुन फुरुम्बु

मदन गौतम
जेष्ठ १४, २०८२

ताप्लेजुङ। लिम्बू पत्रकार सङ्घ ताप्लेजुङको अध्यक्षमा पुन कृष्ण फुरुम्बु लिम्बू सर्वसम्मत निर्वाचित हुनु भएको छ । मङ्गलबार भएको चौंथो जिल्ला अधिवेशनले  ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अघिल्लो कार्यसमितिमा पनि फुरुम्बु अध्यक्ष रहनुभएको थियो । 

अधिवेशनले उपाध्यक्षमा उदय खुदाङ, सचिवमा साहारा लिम्बू, सहसचिवमा बसन्त लाबुङ, कोषाध्यक्षमा मनु लिम्बू माठो चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा अनमोल लिम्बू, नविना लिम्बू, सोस्ना लिम्बू, सिता माबो लिम्बू चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा माला पालुङ्वा, लोकेश लिबाङ र साहारा लिम्बू चयन हुनुभएको  नवनिर्वाचित उपाध्यक्ष उदय खुदाङले बताउनसभयो । अधिवेशन लिम्बू पत्रकार सङ्घको केन्द्रीय कोषध्यक्ष दिलकुमार लिम्बूको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । केन्द्रीय सदस्य गंगा लिङ्खिम, केन्द्रीय सल्लाहकार समिति सदस्य चन्द पन्दाक लिम्बूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु