मैवाखोला गाउँपालिकाले किसानलाई दियो याक
जेठ १० गते ,ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ८० प्रतिशत अनुदानमा किसानलाई १४ वटा याक वितरण गरेको छ। गाउँपालिकाको याक चौँरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत रकम साझेदारीमा याक वितरण गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश बनेमले बताउनुभयो। वार्ड नं ६ साम्तुङको जलजले याक चौँरीपालक कृषक समूहलाई याक चौँरी प्रवर्द्धनअन्तर्गत कार्यक्रमको ५ लाख रुपैयाँ बराबरको याक वितरण गरिएको हो ।आगामी आर्थिक वर्षमा यसको प्रभावकारिता र उपलब्धिका आधारमा निरन्तरता दिने नदिने यसले निर्णय गर्ने अध्यक्ष बनेमको भनाइ रहेको छ। 


















