फुङलिङ नगरपालिकाले बर्खे विदामा पनि १३ दिन विद्यालय लगाउने

वेलकम खबर
जेष्ठ ४, २०८२

ताप्लेजुङ । गत वैशाखमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौ केन्द्रीत हुदाँ छुटेको फुङलिङ नगरपालिकाका भित्रको पढाईलाई पूर्णता दिन बर्खे विदामा पनि बिद्यालय सञ्चालन गर्ने भएको छ ।
फुङलिङ नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनको अध्यक्षतामा आइतवार आज बसेको नगर शिक्षा समिति र नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालयहरुका प्रधानाध्यापकको छलफल बर्खे विदामा पनि १३ दिन विद्यालय सञ्चालन गर्ने नगरपालिकाको सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो ।


फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत रहनु भएका सुनुवारका अनुसार आन्दोलनका क्रममा छुटेको पढाई भरणका लागि बर्षे बिदाको समयको १३ दिन पठनपाठन गर्ने सहमति भएको बताउनुभयो । उता यसअघि ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षक आन्दोलनका कारण छुटेको पढाई भरणका लागि बर्खे ७ दिन पठनपाठन गराउने निर्णय गरिसकेको छ । फक्ताङलुङ गाउँपालिकाले छुटेको पढाई भरणका लागि शैक्षिक क्यालेण्डरमा भएको मिन पचासको बर्खे बिदालाई असार मसान्त सम्ममा घटाउने तथा दशैंतिहार पछिका सार्वजनिक बिदाका दिनमा समेत पढाई सञ्चालन गर्ने निर्णय लिईसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*