महालेखाको प्रतिवेदनमा ताप्लेजुङको सबैभन्दा कम बेरुजु सिरिजङ्गा गाउँपालिका
ताप्लेजुङ । सिरिजङ्गा गाउँपालिका ताप्लेजुङको नौ स्थानस्य तह मध्ये कम बेरुजु हुने गाउँपालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार सिरिजङ्गा गाउँपालिकाको सबैभन्दा कम बेरुजु १.०८ प्रतिशत रहेकोछ । त्यसै गरि सबैभन्दा धेरै मैवाखोला गाउँपालिकाको बेरुजु ८.४४ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाको १.२० प्रतिशत देखिएको छ भने, फुङलिङ नगरपालिकाको २.२० प्रतिशत रहेकोछ । आठराई त्रिबेणी गाउँपालिकाको २.५८ प्रतिशत छ भने सिदिङ्गा गाउँपालिकाको २.७९ प्रतिशत बेरुजु उल्लेख छ ।
मेरिङदेन गाउँपालिकाको ४.९५ प्रतिशत, फक्ताङलुङ गाउँपालिकाको ५.४३ प्रतिशत र मिक्वाखोला ५.७० प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। बेरुजु’ भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर पु¥याइएको कारोबार बुझिन्छ ।


















