विद्यालयबाट चोरी भएका आठ वटा ल्यापटप १६ महिनापछि जंगलमा भेटिए
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयको हराएको आठ वटा ल्यापटप कम्प्युटर बोरामा पोको पारेर ओडारमा राखिएको अवस्थामा फेला परेको छ । १६ महिनापछि विद्यालयबाट हराएको अर्थात् चोरी भएको ल्यापटपहरु जङ्गलबिच ओडारमा राखिएको अवस्थामा फेला परेको हो । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार फाकुम्बा ५ कै पित्तोलुङ भन्ने स्थानमा ल्यापटपहरु फेला पारिएको हो । प्रहरी, विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षसहितका टोलीले प्लाष्टिकको बोरामा पोको पारेर ओडारमा राखिएको अवस्थामा हराएका आठवटा ल्यापटप फेला पारेको अध्यक्ष वनेमले बतमाउनुभयो।
२०८० साल पुस २२ गते राती विद्यालयबाट ११ वटा ल्यापटप चोरी भएका थिए । त्यसबेला विद्यालयको ढोका फोरेर ल्यापटप चोरी भएपछि तत्काल खोजी कार्य तीब्र पारिएको थियो। हराएको तिन महिना पछि हराएका ११ मध्ये तीनवटा ल्यापटप फाकुम्बाकै घोडेचौरमा फालिएको अवस्थामा भेटिएको शिक्षक शान्ता आङबुशाङले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत ह्युमन प्राक्टिस फाउण्डेसन एचपिएफले उक्त विद्यालयमा आइसिटी कक्षा सञ्चालनका लागि ल्यापटपहरु उपलब्ध गराएको थियो । राएको ल्यापटप रहस्यमय गरी भेटिएपछि घटनाबारे गहिरो अनुसन्धान गरी संलग्नलाई पत्ता लगाई सार्वजनिक र कानुनी कारबाही गर्न गाउँपालिका अध्यक्ष वनेमले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गर्नुभएको छ । छ। उता ल्यापटप चोरी भएपछि विद्यालयमा आइसिटी सेवा प्रभावित भएको बताइएको छ।


















