पहिरोले कञ्चनजंघा पुगेर फर्किएका १५ पर्यटक रोकिए

ताप्लेजुङ । सिरिजङ्गा गाउँपालिका-७ खेवाङको एकमना भञ्ज्याङमा गएको पहिरोले कञ्चनजंघा हिमाल गएर फर्कंदै गरेका पर्यटक रोकिएका छन् । मंगलबार बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो झरेको क्षेत्रमा खानेबस्ने व्यवस्था नभएकाले स्थानीय प्रहरीले पर्यटक र गाइडलाई पिङडाँडा पठाएको छ । एक्स्काभेटर र मेसिन खोजेर बाटो खुलाउने प्रयास भइरहेको स्थानीय उमेश गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार वडा कार्यालय र प्रहरी हवल्दार धनराज तुम्बापोको नेतृत्वमा बाटो खुलाउने प्रयास भइरहेको छ । १५ विदेशी पर्यटकसहित ३०/३५ जनाको समूह बाटोमै रहेका छन् । पहिरोले याम्फुदिन र खेवाङ आउजाउ ठप्प बनाएको छ ।-ekantipur