कञ्चनजंघा आरोही फ्रान्सेली नागरिकको मृत्यु

मदन गौतम
बैशाख ३०, २०८२

ताप्लेजुङ । कञ्चनजंघा हिमाल आरोहणका क्रममा एकजना विदेशी महिलाको मृत्यु भएको छ। ताप्लेजुङ स्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो ८५८६ मिटर अग्लो कञ्चनजंघा आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक अन्दाजी ६३ वर्षकी मारगेटा मोरिङको शनिवार रातको करिब ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले बताउनुभयो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिई गते २६ वैशाखमा सिरिजंघा गाउँपालिका–८ स्थित कञ्चनजंघा हिमालको दक्षिणपट्टिको भागबाट आरोहण गर्ने क्रममा अन्दाजी आठ हजार मिटरमा पुगेपछि ब्वास प्रश्वासमा समस्या भई मृत्यु भएको उनका गाइड योगेन्द्र तामाङले बताउनुभयो। तामाङका अनुसार मृतकको शव करिब ७५०० मिटरको उचाइमा रहेको प्रहरीले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*