पूर्व मन्त्री स्व. गुरुङको परिवारद्वारा गुम्बालाई १ लाख २५ हजार सहयोग

मदन गौतम
बैशाख ३०, २०८२

ताप्लेजुङ । पूर्व मन्त्री स्व .सुर्यमान गुरुङको परिवारले बुद्ध जयन्तीको अवसरमा बुद्धको मुर्ती सहित नगद सहयोग हस्तान्तरण गरेका हुन् । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ मा अवस्थित श्री निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई एक लाख २५ हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ । गुम्बाको पुनः निर्माणका लागि उत्त रकम स्वर्गीय मन्त्री गुरुङकी श्रीमती र छोराछोरीले अध्यक्ष भरत कुमार गुरुङलाई रकम उपलब्ध गराएका छन् । बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमको सम्पूर्ण खर्च समेत परिवारले उपलब्ध गराएको गुम्बाका अध्यक्ष गुरुङले बताउनुभयो ।

स्व.गुरुङ २०६४ को संविधानसभा सदस्यमा ताप्लेजुङ क्षेत्र नं . १ बाट निर्वाचित र २०७० मा संविधानसभामा समानुपातिक सूचीबाट संविधानसभा सदस्य चुनिएका थिए । प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व। गुरुङले जिल्ला विकास समितिको सभापति र नेपाली काँग्रेस पाटी ताप्लेजुङको सभापतिको समेत जिम्मेवारी सम्हालेका थिए । उहाँको २०८१ साल वैशाख २५ गते काठमाडौँमा निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु