ट्रकको ठक्करबाट ताप्लेजुङका लिम्बूको मृत्यु, पाँचथरकी राई गम्भिर घाइते ,चालक प्रहरीको नियन्त्रणमा

मदन गौतम
बैशाख २८, २०८२

ताप्लेजुङ – ट्रकको ठक्करबाट झापाको दमकमा स्कुटर चालकको ताप्लेजुङ जिल्ला दोभानका  २२ वर्षीय अङ्कित लिम्बूको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताउनुभयो ।

शनिबार राती अन्दाजी १०१५ बजे दमक नगरपालिका स्थित रबि बसस्टेण्डमा गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको थियो । मृतक लिम्बू दमक थकाली किचन घरको स्टाफ हुन् । स्कुटरको पछाडि सवार पाँचथर जिल्ला  मिक्लाजुङ गाउँपालिका निवासी ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि बिएन्डबी अस्पताल बिर्तामोड पठाइएको छ । ट्रक र स्कुटर इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने  फरार ट्रक चालक इलाम सन्दकपुर ३ का २५ बर्षिया रोशन लिम्बुलाई प्रहरीले नियन्त्रण लिएकोछ । मृतक लिम्बुको लासलाई कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि दमक अस्पतालमा पठाइएको प्रहरीको भनाइछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*