फुङलिङ नगरपालिकाले अपाङ्गता भएको व्यक्तिलाई वितरण गर्यो सहायता सामाग्री

वेलकम खबर
बैशाख २५, २०८२

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री प्रदान गरेको छ । नगरपालिकाले बुधबार चार वटा वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री प्रदान गरेको हो ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि वडा नं. ४, ५, ६ र ७ का १९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई शौचालय कुर्सी, बैशाखी र श्रवण यन्त्र सहितका साहयता सामग्री प्रदान गरिएको छ । कोशी प्रदेश सरकार, करुणा फाउण्डेसन र नगरपालिकाको संयुक्त प्रयासमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरिएको गरिएको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमका सहजकर्ता प्रिसा बस्नेतले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई नगरप्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा, फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वाले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो। नगरपालिका क्षेत्रमा ४ सय ९७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यसमध्ये १ सय ७६ जनालाई सहायता सामाग्री प्रदान गर्नुपर्ने गरी पहिचान भएको छ ।

यस्तै बिहीबार पालिकाको वडा नं. १, २ र ३ मा सहायता सामग्री हस्तान्तरणको कार्यक्रम राखिएको कार्यक्रम सहजकर्ता बस्नेतले जानकारी दिनुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*