वाईसीएल ताप्लेजुङमा मावो

वेलकम खबर
बैशाख २४, २०८२

ताप्लेजुङ । । योङ कम्युनिष्ट लिग वाईसिएल नेपाल जिल्ला समन्वय समिति ताप्लेजुङको तेस्रो सम्मेलनले सञ्जिब मावोलाई अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ । सो समितिको उपाध्यक्षमा उपाध्यक्षदय अबिशेक वनेम र विशाल नुगो सचिवहहरुमा तिल प्रसाद लिम्बू,निमा तेम्बा शेर्पा,दुर्गा इजम लिम्बूसुजन सावादेन,ज्ञानेन्द्र इदिङ्गो र डिल्ली भट्टराई र कोषाघ्यक्ष हिक्मत लुहार सर्वसम्मत चयन हुनु भएको हो ।

अधिवेशनले ११ जना सदस्य समेत निर्वाचित गरेको छ ।प्रदेश सम्मेलनका लागि प्रतिनिधि समेत सर्वसम्मत छनोट गरिएको ताप्लेजुङ इन्चार्ज होमकुमारी दियालीले बताउनुभयो । उहाँका अनुसार आगामी वैशाख २७ र २८ गते इटहरीमा हुने सम्मेलनका लागि २३ जना प्रतिनिधि निर्विरोध चयन गरिएको छ ।

त्यस्तै तीन सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी भएको सम्मेलन मार्फत राष्ट्रिय सम्मेलनका लागि पनि प्रतिनिधि चुनिएको छ । जेठ १७, १८ र १९ गते काठमाडौँमा तयारी भईरहेको सम्मेलनका लागि ताप्लेजुङबाट १६ जना प्रतिनिधिको टुङगो लगाइएको इन्चार्ज दियालीको भनाई छ ।

सम्मेलनको उद्‌घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री ९पराग०को प्रमुख आतिथ्यतामा गरिएको छ । कार्यक्रममा वाइसिएल नेपालका उपाध्यक्ष एवम् माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय पर्शुराम कार्की, वाईसीएल केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज डम्बर पुलामी ९कर्म०, माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बू (विरु०) प्रदेश कमिटीका सदस्य लगायतका पार्टी तथा सङ्गठनका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु