ताप्लेजुङमा फरार रहेका तिन प्रतिवादी पक्राउ
मदन गौतम
बैशाख २३, २०८२
ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङबाट विभिन्न मितिमा भएको फैसाला बमोजिम कैद र जरिवाना भुक्तान गर्न बाँकी भइ फरार रहेका तिन पक्राउ परेका छन्। पक्राउ पर्ने सम्बन्ध विच्छेद मुद्दाका दुई जना र सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार उनीहरूलाई निजको घर घरबाट नै पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई मङ्गलबार नै जिल्ला अदालत उपस्थित गराइएको छ ।


















