नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन ताप्लेजुङको अध्यक्षमा भट्टराई चयन
ताप्लेजुङ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन ताप्लेजुङको अध्यक्षमा बमबहादुर भट्टराई तारा चयन हुनुभएको छ । यस्तै कमिटीको बरिष्ठ उपाध्यक्षमा दावाछिरिङ शेर्पा , उपाध्यक्षमा दाबानुपु शेर्पा ,महासचिवमा बिनोद भारती, सचिवमा सञ्जिप माबो र कोषाध्यक्ष टङ्क खतिवडा चयन हुनुभएको छ । सोमबार सम्पन्न भएको जिल्ला भेलाले बमबहादुर भट्टराई ताराको अध्यक्षमा १५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो । साथै सदस्यहरूमा सरोज कन्दङवा, इन्द्र पालुङ्वा, विरेन्द्र हाङवाङ, लिला लिम्बू, पूर्णकुमार फेम्बो, राजु मिश्र, निसान लिम्बू , हेमन्त पौडेल र पूर्णकुमार फेम्बो चयन हुनुभएको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन नेकपा माओवादी निकट निर्माण व्यवसायीहरूको सङ्गठन हो ।


















