ताप्लेजुङमा बन्ने भयो निर्माण व्यवसायी संघको भवन
ताप्लेजुङ । ताप्लेजुङमा निर्माण व्यवसायी संघको भवन निर्माण हुने भएको छ । भवनको शिलान्यास भएपछि भवन बन्ने निश्चित भएको हो ।भवनको शिलान्यास नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्नु भएको थियो ।
फुङलिङ नगरपालिका वडा नं ४ स्थित तमू फर्निचर अगाडि रहेको झण्डै साढे ७ आना जग्गामा भवन निर्माण हुनेगरी शिलान्यास गरिएको निर्माण व्यवसायी संघ ताप्लेजुङका उपाध्यक्ष इन्द्र केदेमले जानकारी दिनुभयो । व्यवसायिक रुपमै सञ्चालनमा आउनेगरी भवन निर्माण गर्ने लक्ष्य रहेको निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष जसबहादुर चेम्जोङ लिम्बूले जानकारी गराउनुभयो ।


















