बुङकुलुङ डेरीमा आगलागी हुँदा ४ बराबरको क्षति

मदन गौतम
बैशाख १८, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम स्थित विरेन्द्र चोकमा रहेको बुङकुलुङ डेरीमा विहीवार बिहान आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार दूध तताउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । प्रहरी ,स्थानीय बासीहरू लगायतको सहयोगमा आगो पूर्ण नियन्त्रण आएको थियो । आगलागीबाट डेरीमा रहेको विभिन्न सामान जलेर नष्ट भएयता पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीको भनाइ । थप क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु