व्यवहारिक  लेखन, कानुनी साक्षरता, मोवाईल  बैकिङ, प्राथमिक उपचार प्रशिक्षण सम्पन्न 

मदन गौतम
बैशाख १७, २०८२

ताप्लेजुङ। ताप्लेजुङ फुङलिङ नगरपालिका २ मा अवस्थित सुवोधिनी सामुदायिक सिकाइ केन्द्र ताप्लेजुङले दुई दिने  महिला लक्षित प्रशिक्षण कार्यक्रम आज (बुधबार) फुङलिङमा सम्पन्न गरेको छ । 

फुङलिङ  नगरपालिका वडा १, २ र ३ का २० देखि ५० वर्ष उमेरका महिलालाई व्यवहारिक पञ्जिकरण घटना दर्ता, कानुनी साक्षरता ,मोबाइल,  बैकिङ प्राथमिक उपचार र आधुनिक कृषि सम्बन्धी महिलालाई प्रशिक्षण प्रदान गरिएको सिकाइ केन्द्रका अध्यक्ष   डिल्लीरमण बरालले बताउनुभयो ।
उक्त महिला लक्षित  कार्यक्रममा डिल्लीरमण बराल नगरपालिका प्रशासकीय अधिकृत ,प्रकास पौडेल , अधिवक्ता उमेश अधिकारी , लक्ष्मी सनराईज बैकमा मेनेजर अनिल श्रेष्ठ  भूमि आयोगका अध्यक्ष कृष्ण कुमार बस्नेत र योगेश्वर निरौलाले प्रशिक्षण दिनु भएको थियो ।
सुवोधिनी सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा ३  वटा वडाका ३२ जना महिलाको सहभागिता रहेको अध्यक्ष बरालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु