ताप्लेजुङका एउटै विद्यालयका १६ जना शिक्षक आन्दोलन गर्न काठमाडौँ हिँडे,जनप्रतिनिधि आक्रोशित

वेलकम खबर
बैशाख १६, २०८२

ताप्लेजुङ । सरकार शिक्षक बिच सहमतिको प्रयास भई रहँदा ताप्लेजुङका एक माध्यमिक विद्यालयका शिक्षकहरू आन्दोलन गर्न भन्दै काठमाडौ तर्फ लाग्नु भएको छ । 

ताप्लेजुङ आठराईत्रिवेणी गाउँपालिका वडा २ फुलवारीमा रहेको दुर्गा माध्यमिक विद्यालयका १६ जना शिक्षकहरू आज काठमाडौँ लागेको हुन ।सोमवार प्रधानअध्यापक कुलप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले १४ गते काठमाडौँमा आन्दोलनरत शिक्षकमाथि राज्यले दमन गरेको भन्दै थप आन्दोलनका लागि शिक्षकहरू काठमाडौँ जाने निर्णय गरेको हो । विद्यालयका प्रअ भट्टराईले ३ जना बाहेक सवै १६ जना शिक्षक आन्दोलन गर्न काठमाडौँ हिँडेको बताउनुभयो । 

पालिका अध्यक्ष दिपेन पोमुले  आन्दोलनरत शिक्षक र सरकार बीच सहमति हुने बुझेको उल्लेख गर्दै शिक्षकहरू काठमाडौँ आन्दोलनमा जानु नपर्ने बताउदै पालिकाको को को  शिक्षक आन्दोलनमा हिंडेको हुन आफुले बुझदै गरेको बताउनुभयो ।
उता सोही वडाका वडा अध्यक्ष तथा पालिकाको सामाजिक विकास  समितिको संयोजक टेकिन्द्र सेन्दाङले सामाजिक सञ्जालमा लेख्नु भएको छ । नौ टंकी किन हो स हरु सहमतिको अन्तिम भएको बुझिन्छ जाने भए सुरुमै गएको भए हुन्थ्यो भनेर आक्रोश व्यक्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*