पाथीभरा याङवरकले सञ्चालन गरेको घुम्ती शिविरमा आठ सय भन्दा बढीले लिए फाईदा (फोटो फिचर)
ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको एकिकृत घुम्ती शिविरमा ५७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पालिकाले वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण, ६० वर्ष माथिका नागरिकहरूको स्वास्थ्य परिक्षण, राष्ट्रिय परिचय पत्र वितरण र योजना सम्झौता लगायतका सेवा वितरण सञ्चालन गरेको थियो ।
प्रत्येक वडा सञ्चालन गरेको एक दिने घुम्ती शिविरबाट स्थानीय जनता प्रत्यक्ष लाभान्वित भएको स्थानीयवासीको भनाई रहेको छ । पालिकाले सञ्चालन गरेको घुम्ती शिविरमा ६० वर्ष माथिका २०४ जनाको स्वास्थ्य परिक्षण गरिएको पालिका प्रमुख केशर मेन्याङ्बोले जानकारी दिनुभयो ।

उहाँले नाङखोल्याङमा १६२ जना तिरिङेमा १०३ जना डुम्रिसेमा ८६ जना चाक्सिबोटेमा ५६ जना र थुम्बेदिनमा १५६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो । अध्यक्ष मेन्याङ्बोले पालिका भरी वडा वडा २२ जनालाई राष्टिय परिचय पत्र वितरण गरेको जानकारी गराउँदै स्थानीय सरकार भएको नाताले वडा वडामा गएर जनता पिर मर्का बुझदै आवश्यक सहयोग गदै र वडा स्तरमा विभिन्न आयोजना सम्झौता समेत गरेको बताउनुभयो ।
त्यस्तै शिविरमा ६० वर्ष माथिका नाङखोल्याङमा ३८ जना तिरिङेमा ३१ जना डुम्रिसे ३७ जना चाक्सिबोटेमा २५ जना र थुम्बेदिनमा ७३ जना गरी कुल २०४ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको अध्यक्षका स्वकीय सचिव तेजवीर मेन्याङ्बोले जानकारी दिनुभयो । उहाँले करुणा फाउन्डेसन र पालिकाको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण गरेको समेत बताउनुभयो । शिविरमा पािलका अध्यक्ष मेन्याङवो उपाध्यक्ष रनमाया गुरुङ , प्रमुख प्रशासकीय अधिकृत संगम पौडेल लगायतको उपस्थिति रहेको थियो ।
























