शिक्षक आन्दोलनको प्रभाव परेन ताप्लेजुङको आठराईत्रिवेणीमा विद्यालय नियमित सञ्चालन
ताप्लेजुङ । ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिकाका विद्यालयलाई शिक्षक आन्दोलनको कुनै प्रभाव परेका छैन । आठराईत्रिवेणीका ३२ विद्यालय नियमित रुपमा सञ्चालन भएकोभई रहेको गाउँपालिकाले जनाएको छ ।
आठराईत्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमुले विद्यालय शिक्षक आन्दोलनका कारण विद्यालय बन्द नभएको बताउनुभयो उहाँले भन्नुभयो हामीले नियमित रुपमा विद्यालय खोली भर्ना अभियान र पाठ्यपुस्तक वितरण लगायतका कार्यहरू गरि रहेको उल्लेख गदै आठराईत्रिवेणीका सबै विद्यालयबाट पाठ्यपुस्तक वितरण गरि सकेको बताउनुभयो । अध्यक्ष पोमुले शिक्षक आन्दोलनमा जाने शिक्षकहरूलाई पालिकाको तर्फबाट कुनै रोकतोक नरहेको उल्लेख गदै नजाने शिक्षकबाट नियमित रुपमा विद्यालय सञ्चालन गरेको बताउनुभयो । आठराईत्रिवेणीमा ७ वटा माध्यमिक विद्यालय २५ वटा आधारभूत विद्यालय गरी ३२ वटा विद्यालयमा २ सय १७ जना शिक्षक रहेको पालिकाले जनाएको छ । अन्य क्षेत्रका विद्यालयका शिक्षकहरु भने गत चैत्र २० गते देखि शिक्षा ऐन जारी गराउन भन्दै काठमाडौ केन्द्रीत आन्दोलन गरिरहेको छन ।


















